(१) रकम झिक्नु पर्दा खातावालाले बैङ्कले तोकेको फाराम भरी पासबूक समेत पेश गर्नु पर्छ ।
(२) नाबालकको नाममा खोलिएको खाताबाट निजको नाममा खाता खोल्ने व्यक्तिले रकम झिक्न सक्नेछ ।
(३) नाबालकको उमेर पुगेपछि निजले मात्र आफ्नो नाममा रहेको खाताबाट रकम झिक्न पाउनेछ ।
(४) संयुक्त खाता खोल्दा एक खातावालाको मृत्यु भएमा अर्को खातावालाले सबै रकम झिक्न पाउने गरी शर्त तोकिएको भए एक खातावालाको मृत्यु भएमा जीवित खातावालाले सो खाताको सबै रकम झिक्न पाउनेछ । त्यस्तो शर्त नतोकिएको भए जीवित खातावालाले र मृत खातावालाको नियम ११ को उपनियम (३) बमोजिमको क्रम अनुसारको हकदारले सो खाताको रकम झिक्न पाउनेछ ।
(५) खातामा जम्मा भएको रकममध्येबाट एकै पटक वा पटक–पटक गरी निकाल्न पाउने रकमको परिमाण समितिको सि˚ारिसमा हुलाक सेवा विभागले तोके बमोजिम हुनेछ ।
(६) खाता खोल्न आवश्यक पर्ने न्यूनतम रकम भन्दा कम रकम खातामा मौज्दात रहने गरी बैङ्कबाट झिक्न पाइने छैन ।
(७) ………..